नेपालमा नेक्स्ट जेनेरेसन इलेक्ट्रिक थ्री-ह्विलर ‘सुपर अटो’ सार्वजनिक
ictsamachar.com

काठमाडौं । पूर्णतया इलेक्ट्रिक कमर्सियल भेहिकलमा केन्द्रित भारतीय ब्रान्ड मोन्ट्रा इलेक्ट्रिक आफ्नो पहिलो अन्तर्राष्ट्रिय बजारका रूपमा नेपालमा प्रवेश गरेको छ । कम्पनीले बुधबार काठमाडौंमा सुपर अटो इलेक्ट्रिक थ्री-ह्विलरको पहिलो ब्याच सार्वजनिक गरेको छ ।
मोन्ट्रा इलेक्ट्रिक नेपालका लागि आफ्नो आधिकारिक राष्ट्रिय वितरक हिप्को ट्रेडिंगमार्फत नेपाल प्रवेश गरेको हो । काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले मोन्ट्रा इलेक्ट्रिकको फ्ल्यागसिप यात्रुवाहक थ्री-ह्विलर सुपर अटो सार्वजनिक गरे । यससँगै नेपालमा मोन्ट्रा इलेक्ट्रिक सुपर अटोको औपचारिक सुरुआत भएको छ ।
Read full story at source (ictsamachar.com)