एमबैंक र एनएमसीबिच रणनीतिक सहकार्य : एउटै प्लेटफर्मबाट बैंकिङ, भुक्तानी र कर्जा सेवा
ratopati.com · Wed Aug 12 10:30:54 GMT 2026

काठमाडौं । डिजिटल वित्तीय सेवा प्रदायक एमबैंक र एनएमसी मल्टिपर्पस को–अपरेटिभ लिमिटेडबीच रणनीतिक सहकार्य भएको छ । सहकार्यसँगै एनएमसी–कोअपका सदस्यले एउटै डिजिटल प्लेटफर्ममार्फत मोबाइल बैंकिङ, डिजिटल भुक्तानी तथा डिजिटल कर्जालगायतका सेवा प्राप्त गर्ने भएका छन् ।
एमबैंक र एनएमसी–कोअपबीच जेठ २९ गते सम्झौता भएको थियो । सम्झौताअनुसार साउन ७ गतेदेखि सेवा औपचारिक रूपमा सञ्चालनमा आएको हो । डेढ लाखभन्दा बढी सदस्य तथा ५७ वटा सेवा केन्द्रमार्फत सेवा दिँदै आएको एनएमसी–कोअपसँगको सहकार्यलाई डिजिटल वित्तीय सेवा विस्तारको महत्वपूर्ण कदमका रूपमा लिइएको छ ।
Read full story at source (ratopati.com)