तनहुँमा सुन्तला खेती विस्तारका लागि ५ लाख ६९ हजार अनुदान, १२९ कृषक लाभान्वित
bishowkhabar.com · Wed Aug 12 10:39:00 GMT 2026

काठमाडौं– कृषि विकास कार्यालय तनहुँले सुन्तलाको उत्पादन वृद्धि गर्ने उद्देश्यले कृषकलाई आवश्यक सामग्रीमा अनुदान उपलब्ध गराएको छ । आर्थिक वर्ष २०८२/८३ मा सुन्तला बगैँचा स्थापना तथा विस्तार कार्यक्रमअन्तर्गत पाँच हेक्टर क्षेत्रफलका लागि ५ लाख ६९ हजार रुपैयाँ अनुदान वितरण गरिएको कार्यालयले जनाएको छ ।
कार्यालय प्रमुख परशुराम अधिकारीका अनुसार यस कार्यक्रमका लागि ७ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो । कार्यक्रममार्फत ६ सय ३९ रोपनी क्षेत्रफलमा नयाँ सुन्तला बगैँचा विस्तार हुने भएको छ । उक्त कार्यक्रमबाट सात वटा सहकारी तथा समूहमा आबद्ध १ सय २९ जना कृषक लाभान्वित भएका छन् ।
Read full story at source (bishowkhabar.com)