प्रहरीको पोसाक खरिदमा अनियमितताको आरोप, छानबिन समिति गठन गर्न सांसद सुनारको माग
lokaantar.com

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले प्रहरीको सामग्री खरिदमा अनियमितता भएको आरोप लगाउँदै छानबिन समिति गठनको माग गरेका छन् ।
प्रतिनिधिसभा अन्तर्गतको लेखा समितिको बैठकमा बुधबार सांसद सुनारले नेपाल प्रहरीमा जुत्ता, मोजा, कपडालगायतका सामग्री खरिदमा अनियमितता भएको आरोप लगाउँदै छानबिनको माग गरेका हुन् । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि समेत प्रश्न उठिसकेको अवस्थामा निष्पक्ष छानबिन हुनुपर्ने उनको भनाइ छ।
Read full story at source (lokaantar.com)