सुनिताको आरोपप्रति गोविन्दाको प्रतिक्रिया- ‘दूरी बनाउन आरोप लगाउनैपर्छ र ?’
kendrabindu.com · Wed Aug 12 11:07:53 GMT 2026

काठमाडौं। ‘सफल हुन आफ्नै मान्छेको बदनाम गर्नैपर्छ र?’ बलिउडका चर्चित अभिनेता गोविन्दाले पत्नी सुनीता आहुजालाई लक्षित गर्दै यस्तो प्रश्न गरेका छन्। सुनीताले गोविन्दाको विगतका अफेयरदेखि अभिनेत्री कोमलसँग जोडिएको चर्चासम्म सार्वजनिकरूपमा कुरा गरेपछि गोविन्दाले पहिलोपटक त्यसबारे मुख खोलेका हुन्।
भारतीय समाचार एजेन्सी एएनआईसँगको कुराकानीका क्रममा गोविन्दाले भनेका छन्, ‘सुनिताले मलाई धेरै मायाले गाली गर्छिन्। र, म उनकै हातबाट खाना पनि खान्छु। भगवानले हरेक व्यक्तिलाई फरक भूमिका दिनुभएको हुन्छ। ती मानिसहरू आफ्नो ठाउँमा नभएको भए हामी पनि सफल हुन सक्दैनथ्यौँ।’
Read full story at source (kendrabindu.com)