भारतीय सेनाको अग्निपथमा भर्ती सुचारुको माग गर्दै पोखरामा प्रदर्शन
ratopati.com · Wed Aug 12 11:10:35 GMT 2026

पोखरा । भारतीय सेनाको अग्निपथमा भर्ती सुचारुको माग गर्दै पोखरामा भूपू गोर्खा सैनिकहरूले प्रदर्शन गरेका छन् । भारतीय भूपू सैनिक गोर्खा ब्रिगेड नेपाल पोखराको आयोजनामा बुधवार प्रदर्शन सहित विरोध भएको हो । उनीहरूले जिल्ला प्रशासन कार्यालय मार्फत सङ्घ सरकारलाई दुई बुँदे ज्ञापन पत्र बुझाएका छन् ।
भारतीय सेनामा नेपाली युवाहरूको भर्ती प्रक्रिया पुनः सुचारु गर्न र सैनिक शब्द उल्लेख भएका भूपू सैनिकका सङ्घ संस्थाहरूको नवीकरण सहज बनाउन माग गरिएको छ । सन् २०२२ जुन १४ देखि भारत सरकारले ल्याएको अग्निपथ योजनापश्चात् रोकिएको गोर्खा भर्ती प्रक्रियालाई तत्काल सुचारु गर्न माग गरिएको ब्रिगेडका अध्यक्ष कर्नल कृष्णबहादुर खत्रीले जानकारी दिए ।
Read full story at source (ratopati.com)