माइतीघरमा आत्मदाह प्रयास गरेका लघुवित्त पीडितको उद्धार
ratopati.com · Wed Aug 12 11:23:50 GMT 2026

काठमाडौँ । काठमाडौँको माइतीघरमा एक जना लघुवित्त पीडितले आत्मदाह प्रयास गरेका छन् । लघुवित्त पीडितहरूको प्रदर्शनमा आएका सर्लाहीको चन्द्रनगर–६ घर भएका नथुनी मुखियाले आत्मदाह प्रयास गरेका हुन् ।
४० वर्षीय मुखियालाई उद्धार गरेर अस्पताल पठाइएको काठमाडौँका एसएसपी दिलीप घिमिरेले रातोपाटीलाई बताए । उनले शरीरमा पेट्रोल छर्किसकेको अवस्थामा प्रहरीले उद्धार गरेको हो । उनको अहिले वीर अस्पतालमा उपचार हुँदै छ ।
Read full story at source (ratopati.com)