गौतमबुद्ध विमानस्थललाई ‘अपरेटिङ बेस’ बनाउँदै निगम, पाइलटको प्रशिक्षण शुरू
lokaantar.com

राज्यको अर्बौं लगानी गरेर निर्माण भएर पनि सञ्चालनमा आउन नसकेको रूपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगम (नेवानि)ले आफ्नो वायु यानको अपरेटिङ बेस राख्ने तयारी थालेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार निगमले विमानस्थललाई अपरेटिङ बेस बनाउने तयारी स्वरूप बुधबारदेखि उडान प्रशिक्षण शुरू गरेको हो । आफ्ना फर्स्ट अफिसर (पाइलट)हरूलाई एयरबस ३२० जहाजमार्फत बेस ट्रेनिङ फलाइट गराउन लागिएको निगमले जनाएको छ ।
Read full story at source (lokaantar.com)