चीनका पूर्वप्रधानमन्त्री झु रोङजीको निधन
kendrabindu.com · Wed Aug 12 11:51:48 GMT 2026

बेइजिङ। चीनका पूर्वप्रधानमन्त्री झु रोङजीको ९७ वर्षको उमेरमा निधन भएको छ। चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार उनको बुधबार बिहान बेइजिङमा निधन भएको हो।
झु सन् १९९८ देखि २००३ सम्म चीनको प्रधानमन्त्री रहेका थिए। आर्थिक सुधारका कट्टर समर्थकका रूपमा परिचित उनले चीनको अर्थतन्त्रलाई थप बजारमुखी बनाउने, निजी क्षेत्रको विस्तार गर्ने तथा विश्व अर्थतन्त्रसँगको एकीकरणलाई तीव्रता दिने नीतिमा महत्वपूर्ण योगदान दिएका थिए। यही भूमिकाका कारण उनलाई चीनको ‘आर्थिक जार’का रूपमा समेत चिनिन्थ्यो।
Read full story at source (kendrabindu.com)