विष्णु पौडेलसम्बन्धी सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्चको आदेश, सक्कल मिसिल झिकाउन निर्देशन
bishowkhabar.com · Tue Jun 30 10:42:38 GMT 2026

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण मुद्दाले नयाँ मोड लिएको छ। पौडेललाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै दायर गरिएको बन्दीप्रत्यक्षीकरण रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतले मुद्दासँग सम्बन्धित सम्पूर्ण सक्कल मिसिल पेश गर्न आदेश दिएको छ।
मंगलबार न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र मेघराज पोखरेलको संयुक्त इजलासले अनुसन्धान र थुनासम्बन्धी सबै मूल कागजात अदालतमा पेश गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको हो।
Read full story at source (bishowkhabar.com)