एसीसी प्रिमियर कप : नेपालको खेल तालिका फेरियो, पहिलो खेल बहराइनसँग
ratopati.com · Wed Aug 12 12:53:38 GMT 2026
काठमाडौँ । मलेसियामा आयोजना हुने एसीसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालको खेल तालिका परिवर्तन भएको छ । परिमार्जित तालिकाअनुसार नेपाली टोलीले प्रतियोगिताको पहिलो खेल अगस्ट ३१ मा बहराइनसँग खेल्नेछ।
यसअघि नेपाल र बहराइनबिचको खेल सेप्टेम्बर १ मा हुने तय भएको थियो। नयाँ तालिकाअनुसार खेल एक दिन अगाडि सारिएको हो। सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा आयोजक मलेसियासहित बहराइन, हङकङ र साउदी अरेबिया रहेका छन्।
Read full story at source (ratopati.com)