राष्ट्रिय प्रकृति संरक्षण कोषमा तीन अन्तर्राष्ट्रिय विज्ञ सदस्य मनोनीत
himalpress.com · Tue Jun 30 10:55:58 GMT 2026

काठमाडौँ- राष्ट्रिय प्रकृति संरक्षण कोषमा सरकारले तीन जना विज्ञलाई सदस्यमा मनोनयन गरेको छ। कोषका अध्यक्षसमेत रहेकी कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कोषको ऐनमा भएको प्रावधानअनुसार अन्तर्राष्ट्रिय विज्ञहरूलाई मनोनयन गरेकी हुन्।
संस्थाको अन्तर्राष्ट्रिय साख अभिवृद्धि गर्न र वैज्ञानिक संरक्षणलाई थप गति दिन संयुक्त अधिराज्य बेलायतका हाउस अफ लर्डका लर्ड क्यामोस विलियम स्टोनर, विश्वविख्यात संरक्षणकर्मी एवं वन्यजन्तु विज्ञ डा.एरिक डाइनस्र्टाइन र अस्ट्रेलियन प्राध्यापक विन्डी राइटलाई सदस्यमा मनोनीत गरेकी हुन्।
Read full story at source (himalpress.com)