बादल नेतृत्वको एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै
himalpress.com · Tue Jun 09 01:12:27 GMT 2026

काठमाडौँ- नेकपा एमाले पुनर्गठन कार्यदलको बैठक मंगलबार (आज) बस्दैछ। कार्यदलको बैठक मंगलबार १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने तय भएको सचिव छविलाल विश्वकर्माले जानकारी दिए। ‘पहिलो बैठक भोलि बस्ने गरी आह्वान भएको छ। बैठक नै पहिलो पटक बस्न लागेकाले थप विषय अहिले नै भन्ने कुरा भएन,उनले भने।
जेठ १० गते सचिवालयको आठौं बैठकले पार्टीलाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा एकताबद्ध बनाउन पार्टी शुद्धीकरण, सुदृढीकरण तथा रूपान्तरण सहितको पुनर्गठन कार्ययोजना तयार गर्न कार्यदल बनाएको थियो।
Read full story at source (himalpress.com)