सरकारी बजेटबिनै बन्यो पुल: हर्क साम्पाङद्वारा दार्चुलामा श्रमदानबाट निर्मित झोलुङ्गे पुलको उद्घाटन
barnanmedia.com · Tue Jun 30 10:58:10 GMT 2026

दार्चुला । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राई (हर्क साम्पाङ) को नेतृत्वमा दार्चुलाको ब्यास गाउँपालिका–२ दुम्लिङस्थित घट्टेखोलामा निर्मित झोलुङ्गे पुलको औपचारिक उद्घाटन गरिएको छ। सरकारी कोषको एक रुपैयाँ पनि खर्च नगरी, जनस्तरको आर्थिक सहयोग र देशव्यापी श्रमदान अभियानमार्फत यो पुल निर्माण सम्पन्न भएको हो।
विगत ७ वर्षअघि बाढीले काठेपुल बगाएपछि स्थानीय बासिन्दा, वृद्धवृद्धा र विद्यालय जाने बालबालिकाहरू वर्षातको समयमा ज्यान जोखिममा पारेर आवतजावत गर्न वा ३ किलोमिटर घुमेर हिँड्न बाध्य थिए।
Read full story at source (barnanmedia.com)