नागरिकता र लालपुर्जा माग्दै काठमाडौंमा आन्दोलन थाले सुस्तावासीले
baahrakhari.com · Tue Jun 30 11:03:43 GMT 2026

काठमाडौं । नवलपरासीको सुस्ता क्षेत्रका बासिन्दाले आफूहरू नेपाली नागरिक भएको प्रमाणपत्र दिन माग गर्दै काठमाडौंकेन्द्रित आन्दोलन सुरु गरेका छन् । आफूहरूसँग नेपाली नागरिक भएको कुनै प्रमाणपत्र र लालपुर्जा नहुँदा सीमावर्ती क्षेत्रमा भारतीय सुरक्षाकर्मीले निरन्तर दुःख दिएको भन्दै उनीहरूले काठमाडौं आएर आन्दोलन थालेका हुन् ।
उनीहरूले भारतीय अतिक्रमण रोक्न ठोस कूटनीतिक पहल र सीमा सुरक्षा सुदृढ गर्नुपर्ने, सुस्तावासीलाई तत्काल नेपाली नागरिकता प्रदान र भोगचलन गरिरहेको जग्गाको लालपुर्जा वितरण गरिनुपर्ने माग अघि सारेका छन् ।
Read full story at source (baahrakhari.com)