पत्रकार किशोर श्रेष्ठ पक्राउ
nepalnews.com · Wed Aug 12 16:03:06 GMT 2026

काठमाडौँ। पत्रकार किशोर श्रेष्ठ पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले श्रेष्ठलाई बुधबार बेलुका ललितपुर कुसुन्तीबाट पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर र अनुसन्धान कार्यालयका प्रहरी अधिकृतहरूले श्रेष्ठ पक्राउ परेको पुष्टि गरे। “उहाँलाई पक्राउ गरी अहिले प्रहरी परिसर पठाइएको छ,” अनुसन्धान कार्यालयका एक अधिकृतले भने।
Read full story at source (nepalnews.com)