डा. भट्टको काँधमा ६९ अर्बको आईपीओ, १०४ मध्ये १५ कम्पनी तीन बर्षदेखि पर्खाईमा !
corporatenepal.com · Tue Jun 30 11:00:52 GMT 2026

काठमाडौं । अन्ततः सोमबार डा. गोपालप्रसाद भट्टले नेपाल धितोपत्र बोर्डमा पदबहाली गरेका छन् । डा. भट्टलाई असार ५ गतेको मन्त्रिपरिषद्को बैठकले बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । तर, त्यसपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा व्यस्त भएपछि डा. भट्टले नियुक्ती पत्र पाउन सकेका थिएनन् ।
अर्थमन्त्री डा. वाग्ले मन्त्रालयको काममा फर्किएसँगै डा. भट्टलाई नियुक्ती पत्र दिएर शपथ ग्रहण समेत गराएका छन् । डा. भट्टले सोमबार नै बोर्डमा पदबहाली गरे । डा. भट्टले पदबहाली गर्दै सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारणसँग सम्बन्धित Targeted Financial Sanction बिषयमा धितोपत्र बजार सम्बद्ध सूचक संस्थाहरूका कर्मचारीलाई तालिम तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने सम्बन्धी निर्णय गरेका छन् ।
Read full story at source (corporatenepal.com)