विश्वमा ६.७ करोड युवा बेरोजगार
baahrakhari.com · Wed Aug 12 16:40:35 GMT 2026

काठमाडौं । विश्वव्यापी रूपमा युवा बेरोजगारीदर सन् २०२५ मा बढेर १२.४ प्रतिशत पुगेको छ । कमजोर आर्थिक वृद्धि, भू–राजनीतिक तनाव र रोजगारी सिर्जनाको सुस्त गतिका कारण १५ देखि २४ वर्ष उमेर समूहका युवाका लागि जागिर पाउन कठिन भएको हो । यो दर सन् २०२३ मा १२.३ प्रतिशत थियो ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले मंगलबार सार्वजनिक गरेको ‘ग्लोबल इम्प्लोयमेन्ट ट्रेन्ड्स फर युथ २०२६ : ब्याक टु द फ्युचर’ प्रतिवेदन ले यस्तो जानकारी दिँदै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले आगामी दिनमा श्रम बजारमाथिको दबाब अझ बढाउन सक्ने चेतावनी दिएको छ ।
Read full story at source (baahrakhari.com)