एलजीले इटहरीबाट सार्वजनिक गर्यो ‘इसेन्सियल सिरिज’
baahrakhari.com · Tue Jun 30 11:44:04 GMT 2026

काठमाडौं । एलजीले इलेक्ट्रोनिक्स सिंगापुर एलजी इसेन्सियल सिरिजअन्तर्गतका नयाँ घरेलु उपकरण सार्वजनिक गरेको छ । ‘हरेक घरको खुसी, घर–घरमा एलजी’ अभियानअन्तर्गत इटहरीस्थित रामदा होटेलमा आयोजित कार्यक्रममा नयाँ उत्पादन शृंखलाको औपचारिक अनावरण गरिएको हो ।
कम्पनीका अनुसार, एलजी इसेन्सियल सिरिज आधुनिक प्रविधि, उत्कृष्ट कार्यसम्पादन, टिकाउपन र किफायती मूल्यलाई प्राथमिकतामा राखेर नेपाली परिवारको दैनिक आवश्यकताअनुसार तयार गरिएको हो । यस शृंखलामा डबल–डोर रेफ्रिजेरेटर, फुल्ली अटोमेटिक टप–लोड वासिङ मेसिन तथा रुम एयर कन्डिसनर समावेश छन्, जसले गुणस्तरीय जीवनशैलीलाई अझ सहज बनाउने कम्पनीको विश्वास छ ।
Read full story at source (baahrakhari.com)