रास्वपा जाजरकोटको सभापतिमा महेश सिंह निर्वाचित
gorkhapatraonline.com · Tue Jun 09 01:57:45 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जाजरकोटको प्रथम जिल्ला अधिवेशनबाट महेश सिंह सभापतिमा सर्वसम्मत रूपमा चयन हुनु भएको छ । नेतृत्व चयनका लागि चलेको छलफल र सहमतिपछि सोमबार २० सदस्यीय नयाँ जिल्ला समिति गठन गरिएको हो।
नवनिर्वाचित समितिको उपसभापतिमा प्रकाश कुमार कार्की, सचिवमा कर्णप्रसाद जैसी, सह–सचिवमा इन्द्रजित शाही तथा कोषाध्यक्षमा प्रमोद जंग शाह चयन हुनु भएको छ । सिंह यस अघि पनि जिल्लाको तदर्थ समितिको सभापति हुनु हुन्थ्यो ।
Read full story at source (gorkhapatraonline.com)