मुस्ताङका तीन पालिकामा वन्यजन्तुको आक्रमणबाट २३९ पशुधनको क्षति
ratopati.com · Sat May 16 06:59:53 GMT 2026

मुस्ताङ । पछिल्लो चारवर्षमा यहाँका तीन पालिकामा वन्यजन्तुुको आक्रमणबाट २३९ वटा पशुधनको क्षति भएको छ । अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) कार्यालय जोमसोमको वार्षिक तथ्याङ्कअनुसार यहाँका बारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकामा किसानका २३९ पशुधनको क्षति भएको हो ।
कृषि तथा पशुपालन र पर्यटन केन्द्रित जिल्लामा पशुपालन व्यवसाय वर्षौंदेखि गरिँदै आइएको छ । पछिल्लो समय भने यहाँका उच्चलेकका चरनक्षेत्र र बस्तीमा खडा गरिएका याकचौँरी र भेँडाच्याङ्ग्राको वासस्थान वन्यजन्तुको जोखिममा पर्न थालेपछि असुरक्षित बन्दै जान थालेका छन् ।
Read full story at source (ratopati.com)