मुस्ताङमा वन्यजन्तुको आक्रमणबाट २३९ पशुधनको क्षति
himalpress.com · Sat May 16 07:02:23 GMT 2026

मुस्ताङ- पछिल्लो चारवर्षमा यहाँका तीन पालिकामा वन्यजन्तुको आक्रमणबाट २३९ वटा पशुधनको क्षति भएको छ । अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) कार्यालय जोमसोमको वार्षिक तथ्यांकअनुसार यहाँका बारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकामा किसानका २३९ पशुधनको क्षति भएको हो । कृषि तथा पशुपालन र पर्यटन केन्द्रित जिल्लामा पशुपालन व्यवसाय वर्षौंदेखि गरिँदै आइएको छ । पछिल्लो समय भने यहाँका उच्चलेकका चरनक्षेत्र र बस्तीमा खडा गरिएका याकचौँरी र भेँडाच्याङ्ग्राको वासस्थान वन्यजन्तुको जोखिममा पर्न थालेपछि असुरक्षित बन्दै जान थालेका छन् ।
मानव–वन्यजन्तु द्वन्द्वका कारण यहाँको परम्परागत पशुपालन व्यवसाय संकटमा पर्न थालेको स्थानीय बताउँछन् । हिउँ चितुवा, चितुवा र ब्वाँसोको आक्रमणका कारण पशुधनमा क्षति हुन थालेपछि परम्परागत पशुपालन व्यवसाय जोखिममा पर्न थालेको किसान बताउँछन् ।
Read full story at source (himalpress.com)