विज्ञान प्रदर्शनीमा गण्डकी बोर्डिङ प्रथम
gorkhapatraonline.com · Tue Jun 09 02:05:37 GMT 2026

गुल्मीमा आयोजित जिल्लास्तरीय विज्ञान प्रदर्शनी तथा स्टेम प्रतियोगितामा गण्डकी बोर्डिङ स्कुल प्रथम भएको छ। गण्डकीका विद्यार्थीहरूले नदी सफा गर्न प्रयोग गर्न सकिने ढुङ्गासहित विभिन्न वैज्ञानिक सामग्री प्रदर्शनीमा प्रस्तुत गरेका थिए।
त्यस्तै, ह्वाङ्दी मेहेले माध्यमिक विद्यालय द्वितीय तथा महेन्द्र माध्यमिक विद्यालय तृतीय भएका छन्। प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रमशः छ हजार, पाँच हजार र चार हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्।
Read full story at source (gorkhapatraonline.com)