खोलाले बगाउँदा जाजरकोटमा एक जना बेपत्ता
gorkhapatraonline.com · Tue Sep 01 01:24:01 GMT 2026

जाजरकोटको छेडागाडमा खोलाले बगाउँदा एक जना व्यक्ति बेपत्ता भएका छन् । छेडागाड नगरपालिका–९ का ४५ वर्षीय दलबहादुर महतारा छेडागाड नगरपालिका–१० र ११ को सीमामा बग्ने लम्ती खोलाले बगाउँदा बेपत्ता हुनुभएको हो ।
छेडागाडको थलह बजारमा उपचार गराएर घर फर्कने क्रममा सोमबार राति करिब ८ बजे महतारालाई खोलाले बगाएको स्थानीय कर्णबहादुर खड्काले जानकारी दिनुभयो ।
Read full story at source (gorkhapatraonline.com)