उद्यमशीलता प्रवर्द्धनमा चेम्बर र बृहतप्रेन्योर्सबीच सहकार्य
baahrakhari.com · Tue Jun 30 12:09:52 GMT 2026

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र बृहत् ग्रुपको उद्यमशीलता तथा भेन्चर विकास पहल बृहतप्रेन्योर्स प्रालिबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । उद्यमशीलता विकास, नवप्रवर्तन, व्यवसाय विस्तार तथा लगानी प्रवर्द्धनका लागि दुईवर्षे समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
समझदारीपत्रमा चेम्बरको भौतिक पूर्वाधार तथा भूमि सुधार समितिका सभापति रोशन भोयाद्यो र बृहतप्रेन्योर्सका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत डेडेन लामा राजभण्डारीले हस्ताक्षर गरेका हुन् ।
Read full story at source (baahrakhari.com)