२ अण्डरसहित नगरकोटी बने हिमालयन मास्टर
ratopati.com · Tue Sep 01 01:39:40 GMT 2026
मुस्ताङ । नेपाली शीर्ष वरीयताका गल्फर भुवन नगरकोटी सर्वाधिक उचाइको गल्फ कोर्षमा दुई अण्डर ५४ को कार्ड बनाउँदै माष्टर नेपाल बनेका छन् । झण्डै ४८ सय मिटरको उचाइमा रहेको मुस्ताङ गल्फ कोर्षमा नगरकोटीले दुई अण्डर खेल्दै ५४ स्कोरको कार्ड बनाउँदै उपाधि जित्न सफल भएका हुन् । प्रतिकुल मौसमका कारण १४ होलमा समेटिएको खेलमा उनले दुई अण्डर खेलेका हुन् । जुन पाँचौँ संस्करणसम्म आइपुग्दा पहिलो पटक अण्डरको स्कोरको कार्ड बन्यो ।
टी फर क्लाईमेट नाम दिइएको प्रतियोगितामा नेपालका शीर्ष बरियता पाँच गल्फरको सहभागिता रहेको थियो । १८ होल पार ७२को कोर्षमा प्रतिकुल मौसमका कारण गल्फरले १४ होल पार ५६ पुरा गरेका थिए । स्ट्रोक प्लेमा खेलाइएको प्रो गल्फर प्रतिस्पर्धामा पहिलो अनुभव सगाँल्ने क्रममा निरज तामाङ भने तीन ओभर ५९ को कार्डमा रहँदै उपविजेता बने।
Read full story at source (ratopati.com)