किशोर श्रेष्ठ पक्राउप्रति विरोध
rajdhanidaily.com · Thu Aug 13 03:01:43 GMT 2026

काठमाडौं । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठको पक्राउविरुद्ध पत्रकारहरूले आवाज उठाएका छन् । प्रहरीले ललितपुरको नख्खुस्थित निवासबाट बुधबार साँझ श्रेष्ठलाई पक्राउ गरी प्रहरी परिसर काठमाडौंको हिरासतमा राखेको छ।
पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा, प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेलगायतको उपस्थितिमा पत्रकारहरूले परिसर अगाडि नाराबाजी गर्दै श्रेष्ठको रिहाइको माग गरे। सामाजिक सञ्जालमा विभिन्न व्यक्तिले पक्राउको विरोध गरेका छन् । उनीहरूले प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई आग्रहसमेत गरेका छन् ।
Read full story at source (rajdhanidaily.com)