झापामा मकै उत्पादनमा ह्रास
kendrabindu.com · Tue Jun 30 12:10:48 GMT 2026

झापा । धानपछि दोस्रो खाद्यान्न बालीका रूपमा रहेको मकैखेतीको उत्पादनमा यस वर्ष ठूलो ह्रास आएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।
केन्द्रको तथ्याङकअनुसार विगत तीन वर्षको तुलनामा मकैखेतीको उत्पादनमा यस वर्ष ह्रास आएको हो । जिल्लामा गत वर्षको तुलनामा ६८ हजार मेट्रिक टन मकैको उत्पादन घटेको हो । चालु आव २०८२/८३ दुई लाख ८३ हजार १८७ मेट्रिक टन मकै उत्पादन भएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिए । उनले जिल्लामा ४६ हजार १२५ हेक्टर जमिनमा किसानले मकैखेती लगाएको जानकारी दिए ।
Read full story at source (kendrabindu.com)