सामुदायिक वन : संरक्षणबाट अब समृद्धिको सहायक
baahrakhari.com · Thu Aug 13 03:12:00 GMT 2026

नेपालको सामुदायिक वन अभियान आज महत्त्वपूर्ण मोडमा आइपुगेको छ । पाँच दशकअघि नाङ्गा डाँडापाखा हराभरा बनाउने लक्ष्यसहित सुरु भएको यस अभियानले नेपाललाई समुदायमा आधारित वन व्यवस्थापनको विश्वमै सफल उदाहरणका रूपमा स्थापित गरेको थियो । स्थानीय समुदायको श्रम, सक्रिय सहभागिता र संस्थागत अभ्यासले वन संरक्षणका साथै स्थानीय स्वामित्व, सामूहिक उत्तरदायित्व र प्राकृतिक स्रोतको दिगो व्यवस्थापनको बलियो जग पनि निर्माण गर्यो । त्यसैले यो उपलब्धि वन क्षेत्र विस्तारको कथामात्र नभएर समुदायको नेतृत्व र सामूहिक प्रयासले सम्भव बनाएको सामाजिक रूपान्तरणको उदाहरण पनि हो ।
तर आजको ग्रामीण यथार्थ पाँच दशकअघिको जस्तो छैन। युवा पलायन, बाँझिँदै गएको खेतीयोग्य जमिन, वनमा आधारित जीविकोपार्जनको घट्दो महत्त्व र बदलिँदो सामाजिक संरचनाले सामुदायिक वनलाई नयाँ परिवेशअनुसार पुनर्परिभाषित गर्नुपर्ने देखाएको छ । आम्दानीका स्रोत सीमित बन्दै जाँदा र नेतृत्वप्रतिको चासो कमजोर हुँदै जाँदा कतिपय सामुदायिक वन उपभोक्ता समूह निष्क्रिय बन्दै गएका छन् । यस्तो अवस्थामा संरक्षणकेन्द्रित दृष्टिकोण मात्र अब पर्याप्त होला त ? यो प्रश्नको उत्तर सामाजिक पारिस्थितिकीय दृष्टिकोणबाट खोज्नु जरुरी देखिन्छ ।
Read full story at source (baahrakhari.com)