भोटेकोशी बाढीपीडितलाई गोरखा ग्रुपको १० लाख सहयोग
gorkhapatraonline.com · Tue Sep 01 01:42:04 GMT 2026

रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको राहतका लागि दाङस्थित गोरखा ग्रुपअन्तर्गतका विद्यालय, कलेज, अस्पताल तथा शिक्षक–कर्मचारीले १० लाख एक हजार १४७ रुपियाँ सहयोग गरेका छन् ।
गोरखा ग्रुप दाङका प्रमुख कार्यकारी अधिकृत (सिइओ) नवल जिएमका अनुसार ग्रुपअन्तर्गत सञ्चालित विभिन्न शैक्षिक तथा स्वास्थ्य संस्थाका शिक्षक तथा कर्मचारीबाट रकम सङ्कलन गरी हिमालयन बैंकमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।
Read full story at source (gorkhapatraonline.com)