भोटेकोशी बाढीपीडितलाई धनौजी गाउँपालिकाद्वारा २२ लाख सहयोग
ratopati.com · Tue Sep 01 01:46:09 GMT 2026

जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि रु २२ लाख १५ हजार ५१५ सहयोग गर्ने निर्णय गरेको छ ।
गाउँपालिकाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट रु सात लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको छ । साथै गाउँपालिकाका जनप्रतिनिधि, कार्यरत कर्मचारी तथा शिक्षकहरूको मासिक पारिश्रमिकबाट कट्टा गरी रु १५ लाख १५ हजार ५१५ सहयोग रकम सङ्कलन गर्ने निर्णय गरिएको छ ।
Read full story at source (ratopati.com)