हुती जोखिमका कारण ट्यांकरहरूले ट्य्राकिङ प्रणाली बन्द गरेपछि साउदी तेल निर्यातमा समस्या
clickmandu.com · Thu Aug 13 05:36:18 GMT 2026

एजेन्सी । यमनका इरान समर्थित हुती विद्रोहीहरूको आक्रमणबाट जोगिन ट्यांकरहरूले आफ्नो ट्य्राकिङ सिग्नलहरू बन्द गरेसँगै लाल सागरबाट हुने साउदी कच्चा तेलको निर्यात पछिल्लो समय ओझेलमा पर्दै गएको छ । विश्लेषकहरूका अनुसार, हालैका दिनमा यान्बु क्षेत्रबाट भएका सबै लोडिङहरू डार्क (ट्य्राकिङ बिना) रूपमा गरिएका छन् ।
हुतीहरूले गत जुलाई २० मा साउदी अरबविरुद्ध सामुद्रिक नाकाबन्दीको घोषणा गरेका थिए । त्यसले इरान युद्धमा अमेरिका र उसका सहयोगीहरू विरुद्ध नयाँ मोर्चा खोलेको छ । त्यसयता उनीहरूले साउदीसँग सम्बन्धित ट्यांकरहरू, यान्बुका तेल केन्द्रहरू र हालै लाल सागरको तटमा रहेको जाजान रिफाइनरीमा आक्रमण गरेको दाबी गरेका छन् । त्यसले गर्दा थप जहाजहरू सार्वजनिक रूपमा देखिने ट्य्राकिङ डेटा बिना सञ्चालन हुन बाध्य भएका छन् ।
Read full story at source (clickmandu.com)