नीलवाराही नाच प्रदर्शनी
gorkhapatraonline.com · Tue Sep 01 01:55:41 GMT 2026

सापारु अर्थात् गाईजात्रा सकिएलगत्तै मध्यपुर थिमिमा विभिन्न नाच प्रदर्शनमा आएका छन् । थिमि, बोडे, नगदेशमा नीलवाराही, महाँकाल, अष्टमातृका, भस्मासुर मोहिनीलगायत नाचको प्रदर्शनी गरिएको हो । भक्तपुरको थिमिस्थित बोडेको प्रसिद्ध तथा ऐतिहासिक नीलवाराही नाच प्रस्तुत भइरहेको छ ।
प्रत्येक वर्ष गाईजात्राको भोलिपल्टको मध्यरातिबाट अर्थात् भाद्र द्वितीयादेखि पञ्चमीसम्म यो नाच प्रस्तुत गरिन्छ । चार दिन चार रात बोडेका विभिन्न स्थानमा प्रदर्शन हुने यो नाच यस पटक बुधबार दिउँसो समापन हुने छ । नाचगणका सदस्य भुवन श्रेष्ठका अनुसार बोडेमा राक्षसले दुःख दिएपछि नीलवाराही देवीले एक स्थानीय बासिन्दालाई नाच सिकाएकाले यो नाचमा दैवी शक्ति प्राप्त हुने जनविश्वास छ । उहाँले नाच नारायणस्थान लाछीबाट सुरु भई लायकु छें, विष्णुघाट, महालक्ष्मीथान, भाँगुटोल, खोंसी टोल, नीलवाराहीस्थान हुँदै पुनः नारायणथानमा प्रदर्शन गरेर समापन गरिने बताउनुभयो ।
Read full story at source (gorkhapatraonline.com)