असोजमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् आयोजना गर्ने एमाले पार्टी पुनर्गठन कार्यदलको प्रस्ताव
ratopati.com · Thu Aug 13 08:10:59 GMT 2026

काठमाडौँ । नेकपा एमालेले गठन गरेको ‘निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन–२०८३’ ले पार्टी पुनर्गठनको कार्ययोजना कार्यान्वयनका लागि आगामी असोजमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् आयोजना गर्ने प्रस्ताव गरेको छ ।
उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा गठन भएको कार्यदलले अध्यक्ष केपी ओलीलाई बुझाएको प्रतिवेदनमा पार्टी शुद्धीकरण, सुदृढीकरण र रूपान्तरणसहितको पार्टी पुनर्गठनका लागि महाधिवेशन प्रतिनिधि परिषद् आयोजना गर्ने प्रस्ताव गरेको स्रोतको दाबी छ ।
Read full story at source (ratopati.com)