के गुगलले निःशुल्क उपलब्ध गराउँदै आएको १५ जीबी स्टोरेज घटाएर ५ जीबी मात्र दिन लागेको हो ?
techpana.com · Sat May 16 07:54:20 GMT 2026

काठमाडौँ । गुगलले आफ्नो निःशुल्क क्लाउड स्टोरेजको सीमा घटाउने सङ्केत गरेको छ । ‘ एन्ड्रोइड अथोरिटी ’को पछिल्लो रिपोर्ट अनुसार गुगलले अब नयाँ जिमेल अकाउन्ट खोल्ने प्रयोगकर्ताका लागि हाल दिँदै आएको १५ जीबी निःशुल्क स्टोरेजलाई घटाएर ५ जीबीमा सीमित गर्ने परीक्षण गरिरहेको हो ।
रिपोर्टका अनुसार यदि नयाँ प्रयोगकर्ताले ५ जीबीभन्दा बढी स्टोरेज प्रयोग गर्न चाहेमा आफ्नो फोन नम्बर भेरिफाई गर्नुपर्ने हुन्छ । फोन नम्बर उपलब्ध गराएपछि मात्र थप स्टोरेज क्षमता ‘अनलक’ हुने व्यवस्था गर्न लागिएको हो ।
Read full story at source (techpana.com)