नेतन्याहुले आफूले जे भन्यो, त्यही मान्ने ट्रम्पको दाबी
kendrabindu.com · Tue Jun 09 03:03:14 GMT 2026

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफूले जे भन्यो, त्यही मान्ने दाबी गरेका छन्। बीबीसीसँगको संक्षिप्त कुराकानीमा उनले नेतन्याहुले आफ्नो आज्ञा पालना गर्ने दाबी गरेका हुन्।
बीबीसी उत्तर अमेरिका सम्पादक सारा स्मिथले सोमबार ट्रम्पसँग फोनमा सोधिन्, ‘तपाईंले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई इरानमा आक्रमण रोक्न कसरी राजी गराउनुभयो?’ट्रम्पले जवाफ दिए, ‘मैले यति मात्र भनेँ- हामीले बुद्धिमानीपूर्वक काम गर्नुपर्छ। हामी एउटा एकदमै बलियो सम्झौतामा हस्ताक्षर गर्ने अवस्थाको धेरै नजिक छौँ, एकदमै राम्रो सम्झौता।’
Read full story at source (kendrabindu.com)