खाडी र लाल सागरमा वार्ताबाट समाधान खोज्न गुटेरेसको आग्रह
reportersnepal.com · Thu Aug 13 09:44:03 GMT 2026

संयुक्त राष्ट्रसङ्घ, २८ साउन । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले खाडी तथा लाल सागर क्षेत्रमा जारी तनाव र द्वन्द्वको व्यापक तथा दीर्घकालीन समाधानका लागि वार्ता र कूटनीतिक संवादलाई प्राथमिकता दिन आग्रह गरेका छन् । उनले संवादमार्फत मात्र क्षेत्रीय स्थिरता र पारस्परिक विश्वास पुनःस्थापित गर्न सकिने बताएका छन् ।
महासचिव गुटेरेसले मध्यपूर्वमा विकसित पछिल्ला घटनाक्रमलाई नजिकबाट नियालिरहेको उनका उपप्रवक्ता फरहान हकले बताए । उनका अनुसार गुटेरेसको ध्यान विशेषगरी हर्मुज जलघाँटी र लाल सागर आसपासको सुरक्षा तथा समुद्री आवागमनको अवस्थातर्फ केन्द्रित रहेको छ ।
Read full story at source (reportersnepal.com)