कङ्गोमा इबोला संक्रमित एक हजार ३०७ पुगे, सामूहिक जमघटमा प्रतिबन्ध
nepalviews.com · Tue Jun 30 13:00:31 GMT 2026

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी)मा इबोला भाइरस सङ्क्रमितको सङ्ख्या एक हजार ३०७ पुगेको छ । सङ्क्रमणका कारण हालसम्म ३७७ जनाको मृत्यु भएको सरकारी अधिकारीले जनाएका छन् ।
सरकारका अनुसार आइतबारसम्म १८० जना उपचारपछि निको भएका छन् भने ६१५ जना उपचार तथा स्वास्थ्य निगरानीमा रहेका छन् । हाल इबोलाको मृत्युदर २८ दशमलव ८० प्रतिशत रहेको र सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिको पहिचान तथा अनुगमन (कन्ट्याक्ट ट्रेसिङ) दर ८१ दशमलव ३० प्रतिशत पुगेको छ ।
Read full story at source (nepalviews.com)