विश्वकपको मञ्चमा पुराना प्रतिद्वन्द्वी फ्रान्स र स्वीडेनको पहिलो भेट
onlinekhabar.com · Tue Jun 30 13:00:35 GMT 2026
१६ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गतको खेलमा साविक उपविजेता फ्रान्स र स्वीडेन खेल्दैछन् । न्यूयोर्क न्यू जर्सी रंगशालामा हुने उक्त खेल बुधबार बिहान पौने ३ बजेबाट सुरु हुनेछ ।
फ्रान्सले समूह चरणमा सेनेगललाई ३–१, इराकलाई ३–० र नर्वेलाई ४–१ को सहज जित निकाल्दै नकआउट चरणमा प्रवेश गरेको हो । समूह चरणमा कुल १० गोल गर्दा फ्रान्सले मात्र २ गोल बेहोरेको छ । स्वीडेनको नकआउट यात्रा भने निकै उतारचढाव रह्यो । नेदरल्याण्ड्ससँग ५–१ को भारी पराजय ब्यहोरेको स्वीडेनले ट्युनिसियालाई ५–१ ले पराजित गर्यो । तेस्रो खेलमा जापानसँग १–१ को बराबरी खेल्दै उत्कृष्ट तेस्रो स्थानमा रहने टोलीका रूपमा ४ अंकका साथ राउन्ड अफ ३२ मा इन्ट्री पायो ।
Read full story at source (onlinekhabar.com)