राज्यले बिर्सियो कोरोना बीमाको १३ अर्ब दाबी: कहिले हुन्छ भुक्तानी ?- टुंगो छैन
corporatenepal.com · Thu Aug 13 12:10:53 GMT 2026

काठमाडौं । सरकार तथा राज्यका संरचनाले कोरोना बीमाबापत दिनुपर्ने १३ अर्ब रूपियाँ दावीको दायित्व करिब बिर्सिएका छन् । पछिल्लो पटक २०७९ कात्तिकमा सरकारले एक अर्ब रूपियाँ निकासा गरेपछि २०७९ मंसिरमा झण्डै १६ हजार बीमितलाई भुक्तानी गरिएको थियो । त्यसपछि झण्डै चार बर्ष भयो, दावी भुक्तानी ठप्पै छ ।
पटक पटक ताकेता गर्दा पनि बजेट निकासा नभएपछि निर्जीव बीमा कम्पनीहरू अदालतमा मुद्दा हालेर बसेका छन् । त्यसपछि उनीहरुले नेपाल बीमा प्राधिकरण र सरकारसँग हारगुहार गर्न छोडेका छन् । प्राधिकरण र अर्थ मन्त्रालयले पनि यसलाई प्राथमिकतामा राखेका छैनन् । झण्डै दुई तिहाइ बहुमतको बालेन्द्र शाह सरकारले पनि यो विषयमा सोधखोज नै गरेको छैन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ल्याएको चालु आर्थिक बर्ष २०८३–८४ को बजेटमा पनि यसलाई सम्बोधन गरिएको छैन ।
Read full story at source (corporatenepal.com)