बाढीपीडितलाई हिमगिरि हाइजिनको ७० लाखको सामग्री सहयोग
gorkhapatraonline.com · Tue Sep 01 02:38:38 GMT 2026

भोटेकोशी तथा त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि हिमगिरि हाइजिन लिमिटेडले ७० लाख रुपियाँबराबरका व्यक्तिगत तथा घरायसी सरसफाइ सामग्री सहयोग गर्ने भएको छ ।
बाढीका कारण ठुलो मानवीय तथा भौतिक क्षति भएको अवस्थामा प्रभावित परिवारलाई तत्काल आवश्यक पर्ने सरसफाइ तथा व्यक्तिगत स्वच्छतासम्बन्धी सामग्री उपलब्ध गराउने उद्देश्यले कम्पनीले सहयोग गर्न लागेको हो । बाढीपछि विस्थापित तथा प्रभावित परिवारको दैनिक जीवनमा सरसफाइका सामग्रीको अभाव हुन सक्ने र त्यसबाट विभिन्न सङ्क्रामक रोग फैलिने जोखिमसमेत रहने भएकाले हाइजिन सामग्रीलाई राहतको महत्त्वपूर्ण हिस्सा बनाइएको कम्पनीले जनाएको छ ।
Read full story at source (gorkhapatraonline.com)