बजार अनुगमनमा सरकार आक्रामक
annapurnapost.com · Tue Sep 01 02:34:40 GMT 2026

काठमाडौं : चाडपर्व नजिकिँदै गर्दा बजारमा अत्यावश्यक वस्तुको अभाव देखाएर मूल्य बढाउने खेल हुन नदिन सरकारले बजार अनुगमनलाई आक्रामक बनाएको छ। पृथ्वी राजमार्ग बन्द भएपछि आपूर्ति प्रभावित हुन सक्ने र त्यसैको मौका छोपेर व्यापारीले कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्न सक्ने आशंकाबीच वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबारदेखि १३ वटा बजार अनुगमन टोली परिचालन गर्दैछ।
यसअघि पाँचवटा टोलीबाट बजार अनुगमन हुँदै आएको थियो। तर, चाडपर्वको समय, बढ्दो माग र आपूर्ति व्यवस्थामा देखिएको असहजतालाई ध्यानमा राख्दै विभागले अनुगमन टोलीको संख्या बढाएको हो।
Read full story at source (annapurnapost.com)