भारततर्फ नेपाली चिया निकासी पुनः नियमित
nepalnews.com · Tue Jun 30 13:12:16 GMT 2026
काठमाडौं । भारतीय पक्षबाट रोकिएको नेपाली चियाको निर्यात पुनः सुचारु भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार उद्योगमन्त्री गौरीकुमारी यादवको पहल र मन्त्रालयको निरन्तर कूटनीतिक संवादपछि मंगलबारदेखि भारततर्फ चिया निकासी पुनः सुरु भएको हो।
गुणस्तर परीक्षणको कारण देखाउँदै भारतले नेपाली चिया निकासीमा अवरोध गरेपछि केही समयदेखि निर्यात प्रभावित भएको थियो। त्यसको असरस्वरूप झापाका ३० वटा सीटीसी (सीटीसी) तथा इलामका ६५ वटा अर्थोडक्स चिया उद्योग असार १ गतेदेखि बन्द भएका थिए।
Read full story at source (nepalnews.com)