सानेपाको हरियालीले बढायो सहरको सौन्दर्य [तस्बिरहरू]
hamrakura.com · Tue Jun 30 00:00:00 GMT 2026
काठमाडौँ । काठमाडौँ उपत्यकाको चक्रपथ विस्तारको दोस्रो खण्ड निर्माणमा भएको लामो ढिलाइले राजधानीको समग्र सहरी स्वरूप प्रभावित बनेको छ। निर्माण सामग्री, धुलोधुवाँ र अव्यवस्थित सडकका कारण धेरै स्थान कुरूप देखिँदा सर्वसाधारणले सास्ती खेपिरहेका छन्। तर चक्रपथअन्तर्गत कोटेश्वर–कलंकी सडक खण्डको ललितपुरस्थित सानेपा क्षेत्र भने हरियालीका कारण आकर्षणको केन्द्र बनेको छ।
ललितपुर महानगरपालिका र विभिन्न सरोकारवाला निकायको सहकार्यमा करिब सात वर्षअघि सडक किनारमा रोपिएका वृक्षहरू अहिले राम्रोसँग हुर्किएपछि सानेपा क्षेत्र हराभरा बनेको हो। सडकका दुवैतर्फ फैलिएको हरियालीले सहरको सौन्दर्य अभिवृद्धि गर्नुका साथै वातावरणलाई पनि स्वच्छ बनाउन महत्त्वपूर्ण योगदान पुर्याएको छ।
Read full story at source (hamrakura.com)