सुख्खा पहिरोका कारण हुम्लामा सडक अवरुद्ध
gorkhapatraonline.com · Tue Jun 09 03:27:16 GMT 2026

कर्णाली करिडोरको हुम्ला खण्डअन्तर्गत सर्केगाड गाउँपालिका–१ खच्चामा मंगलबार बिहानदेखि सडक अवरुद्ध भएको छ। सो क्षेत्रमा सुख्खा पहिरो खस्दा यातायात सेवा पूर्ण रूपमा ठप्प भएको हो।
खच्चामा सुख्खा पहिरो खसेपछि सडक अवरुद्ध हुँदा यातायात सेवा रोकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शंकर खड्काले बताउनुभयो। बिहान सबेरै माथिबाट खसेको पहिरोले सडक पुरिएपछि यातायात पूर्ण रूपमा बन्द भएको उहाँको भनाइ छ।
Read full story at source (gorkhapatraonline.com)