बाढीपीडितको लागि शिवम् सिमेन्टद्वारा ११ हजार बोरा सिमेन्ट र शिवम् होल्डिङस्द्वारा २१ लाख सहयोग घोषणा
ratopati.com · Tue Sep 01 02:44:25 GMT 2026

काठमाडौँ । शिवम् सिमेन्टले भाद्र १० गते गएको विनाशकारी बाढी प्रभावित क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै राहत, उद्धार तथा पुनर्निर्माण कार्यमा सहयोग गर्ने घोषणा गरेको छ ।
यसअन्तर्गत, शिवम् सिमेन्ट लिमिटेडले नेपाल सरकारसँगको समन्वयमा बाढी प्रभावित परिवारहरूको आवास पुनर्निर्माणका लागि ११० घरधुरी परिवारलाई प्रति परिवार १०० बोराका दरले जम्मा ११,००० बोरा शिवम् ओ.पि.सि सिमेन्ट निःशुल्क उपलब्ध गराउने निर्णय गरेको छ ।
Read full story at source (ratopati.com)