तीनवटा तीनवटा एक्साभेटर दिनरात चल्यो तर न्युजमा मात्र चल्यो! : प्रणय मगर!
barnanmedia.com · Tue Sep 01 02:46:04 GMT 2026

प्रणय मगर लेख्छन्,' हेलो माननीय ज्यूहरू मेरो एउटा बिन्ती छ। हजुरहरूलाई प्राविधिक चाहिन्छ भने प्राविधिकले भनेको अनुसार काम गर्नुस् यदि प्राविधिकले भनेअनुसार काम गर्न सक्नु हुँदैन भने प्राविधिक नै नबोलाउनुस्। आफ्नो तरिकाले काम गर्नुस्। जुन अहिले यो तस्बिर देखिरहनु भएको छ यो चाहिँ त्रिशुली थ्रिएको तस्बिर हो। जहाँ चाहिँ हामीजस्तै प्राविधिकहरु टनेल भित्र थु'निरहनुभएको छ।
आजसम्म हामी उद्धार कार्यमा लागेको ६ दिन बितिसक्यो। अहिलेसम्म कुनै पनि टनेल भित्र जानलाई एक्सिससम्म बनाउन सकियको छैन। मलाई लाग्छ यो कामको लागि कुनै पनि विशाल प्रविधि हामीलाई चाहिँदैन थियो। यहाँ यदि हामीलाई पहिलो दिनबाट नै तीन चारवटा एक्साभेटर र एउटा ब्रेकर भइदिएको भए हामी अहिलेसम्म उद्धार गर्न सफल भइसकेको हुन्थ्यौ । तीनवटा तीनवटा एक्साभेटर दिनरात चल्यो तर न्युजमा मात्र चल्यो। फिल्डमा एउटा मात्र चल्यो lसायद यो जस्तो दुःखको कुरा हाम्रो लागि के होला?
Read full story at source (barnanmedia.com)