परासीमा शवले दुर्गन्ध फैलिन थाल्यो, अस्पतालले भन्यो, ‘स्वास्थ्य सावधानीमा ध्यान दिनुस्’
annapurnapost.com · Tue Sep 01 02:55:52 GMT 2026

परासी : नवलपरासीको सदरमुकाम परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा राखिएका शवका कारण दुर्घन्ध फैलिन थालेपछि स्वास्थ्य सावधानी अपनाउन आग्रह गरिएको छ । रसुवा बाढीमा परी नारायणी नदी (गण्डक क्षेत्र) मा फेला परेका सबै शवहरु परासीमा व्यवस्थापन हुन नसकेपछि भीम अस्पताल भैरहवा, प्रादेशिक अस्पताल बुटवल र पिपरा अस्पताल कपिलवस्तुमा पठाइएको छ ।
फेला परेका विभिन्न अस्पतालमा पठाइएका सबै शवहरूको सुनवल नगरपालिका–७ स्थित मूलपानी सामुदायिक वनको अलकत्रा डाँडामा व्यवस्थापन भइरहेको छ । नारायणी नदीमा दिनहुँजसो शव फेला पर्ने क्रम जारी रहेको र व्यवस्थापनमा समय लागेको सुरक्षा निकायले जनाएको छ । जसका कारण थपिएका शवले दुर्गन्ध फैलिन थालेको हो । दुर्गन्ध फैलिन नदिनका लागि सबै प्रयास भइरहेको अस्पताल र सुरक्षा निकायले जनाएका छन् ।
Read full story at source (annapurnapost.com)