शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन लागेपछि सरकारमाथि प्रहार गर्ने षड्यन्त्र भइरहेको छ: प्रधानमन्त्री
newspolar.com · Mon Dec 11 09:06:41 GMT 2023
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफूले पहिला भएका भ्रष्टाचारका काण्ड भन्दा सयौँ गुणा ठूलो भ्रष्टाचार एनसेलमा गर्यो भन्ने दुष्प्रचार गरेकोप्रति आपत्ति जनाउनुभएको छ ।
सोमवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले दुबईबाट फर्किंदै गर्दा आफूले ठूलो षड्यन्त्रको नमूना पाएको बताउनु भयो । उहाँले राष्ट्रको, जनताको, संविधान र लोकतन्त्रको हीतमा आफू अघि बढिरहेको बताउनु भयो । उहाँले दुष्प्रचार गर्नेहरुलाई सोही स्तरबाट प्रतिवाद गर्न पनि आग्रह गर्नुभयो ।
Read full story at source (newspolar.com)