भोटेकोशी बाढीले पुल बगाएपछि धादिङमा बिथोलियो यातायात रुट, ४ विकल्पमा सडक सन्चालन गरिने
himalpress.com · Tue Sep 01 03:15:52 GMT 2026

धादिङ- गत भदौ १० गतेको भोटेकोशी बाढीबाट सडक तथा पुलमा क्षति पुगेपछि धादिङमा यातायात व्यवस्था बिथोलिएक छ। धादिङ सदरमुकामबाट विभिन्न गन्तव्यतर्फ यातायात सञ्चालन सहज बनाउन चारवटा वैकल्पिक सडकलाई अस्थायी यातायात रुट कायम गरिएको छ।
ती मध्ये धादिङबेँशी–सुनौलाबजार–भोर्ले, लस्करे– कोशीखोला–फोर्सेटार–कल्लेरीटार प्रभावकारी रहेको जनाइएको छ। कूल ३६ किलोमिटर सो सडकका केही स्थानमा पिच रहेको छ , केही स्थानमा स्तरोन्नतिका क्रममा छ भने केही स्थानमा तत्काल स्तरोन्नति र कोशीखोलमा ‘बेलिब्रिज’ राख्न जरुरी रहेको देखिन्छ । प्रमुख जिल्ला अधिकारी एवं यातायात व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मी पाण्डेय (गौतम)को अध्यक्षतामा सोमबार बसेको समितिको बैठकले विपद्का कारण अवरुद्ध तथा प्रभावित यातायात सेवा वैकल्पिक मार्गबाट सञ्चालन गर्ने निर्णय गरेको हो ।
Read full story at source (himalpress.com)